शनिबार , फागुण ३०, २०८२

Saturday, March 14, 2026

  • 365
  • 3645

बीस वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको घोषणा

image

बीस वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि आज प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही भदौ २५ देखि असोज २ गतेसम्म हुने प्रतियोगिताका लागि प्रशिक्षक केसीले २५ सदस्यीय टोलीको घोषणा गर्नुभएको छ । छनोटमा नेपालसहित कतार, बहराइन, बङ्गलादेश र भुटान रहेका छन् ।

छनोट हुने नेपाली टोलीको गोल–किपरमा ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख र टोपबहादुर राना छन् । त्यस्तै डिफेन्डरमा अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइवा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल र राज ठोकर छन् ।

टोलीको मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिशरत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा र सञ्जीव लामा छन् । फरवार्डमा निरञ्जन मल्ल र रोहन खड्गी छन् । उक्त नेपाली टोलीले सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् ।

सम्बन्धित समाचार