बिहिबार , बैसाख २०, २०८१

Thursday, May 02, 2024

  • 365
  • 3645

अमेरिकामा पूर्व राज्यमन्त्री खड्कालाई संखुवासभा समाजले गर्यो स्वागत

image

कोलोरोडो, यूएसए/ अमेरिका भ्रमणमा रहेका पूर्व राज्यमन्त्री तथा पूर्व सांसद दीपक खड्कालाई संखुवासभा समाज अमेरिकाले स्वागत गर्दै संखुवासभा जिल्लाको विकासका विषयमा छलफल गरेको छ ।

संखुवासभाबासी खड्का अमेरिकाको कोलोराडोमा पुगेपछि समाजले उनको स्वागतमा कार्यक्रम राख्दै समग्र जिल्लाको विकासमा छलफल तथा अन्र्तक्रिया गरेको हो ।

संखुवासभा समाज अमेरिकाका महासचिव हरिकुमार श्रेष्ठले स्वागत मन्तब्य दिदै सामाजले अहिलेसम्म गरेका कामका विषयमा जानकारी गराए । कार्यक्रममा श्रेष्ठले भने–‘ संस्थाले आजसम्म संखुवासभा जिल्लाका लागि मानवसेवा, शिक्षा, स्वास्थका क्षेत्रमा धेरै काम गरिरहेको छ र भोलिका दिनमा पनि गर्ने योजना रहेका छन् ।’

समाजका आजीवन सदस्य श्याम श्रेष्ठले पूर्व राज्यमन्त्री दीपक खड्काको बारेमा परिचयात्मक जानकारी दिदै जिल्लामात्र नभएर समग्र देशको भिजन बोकेको नेताकारुपमा खड्का रहेको बताए ।

कार्यक्रममा संखुवासभा डेमोक्रेट यूएसए सम्पर्क समितिका अध्यक्ष बिनोद गौली, हेल्पिङ्ग हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष तथा संखुवासभा समाज यूएसएका प्रमुख संरक्षक नारायण श्रेष्ठलगायतले पूर्वमन्त्री खड्कालाई स्वागत गर्दै जिल्लाको विकासमा सबैले सहकार्य गर्नुपर्ने बताए ।

संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले अमेरिका भ्रमणमा रहेका जिल्लाबासी तथा पूर्वमन्त्री दीपक खड्कालाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै समाजले जिल्लामा रहेको मनकामना मन्दिरमा सहयोग पुग्ने कार्यक्रमहरु लैजाने गृहकार्य गरिरहेको जानकारी दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व मन्त्री दीपक खड्काले जिल्लाबासीले अमेरिकामा गरेको आतिथ्यता र स्वागतले निकै खुशी तुल्याएको बताउँदै संखुवासभा जिल्ला प्राकृतिक स्रोत र साधन तथा जडिबुटीको अपार सम्भावना भएकोले विदेशमा बस्ने संखुवासभालीहरुले लगानी गर्न आवश्यकता बोध गराए । संखुवासभामा अपर अरुण जिल्लाबासीको अगुवाईमा बन्नु पर्छ र जिल्लाबासीले धेरै अवसर र सुविधा पाउनु पर्छ भनेर केन्द्र सरकारसँग निस्वार्थ पहल गरिरहेको खड्काले बताए ।

कार्यक्रमको संचालन संखुवासभा समाजका सचिव पदम तामाङले गरेका थिए ।

सम्बन्धित समाचार