आइतबार , जेठ ६, २०८१

Sunday, May 19, 2024

सुदूरपश्चिम प्रदेशसभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित

image

सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा बलबहादुर सोडारी, देवकी मल्ल र महेशदत्त जोशीले भाग लिनुभएको थियो ।

विधेयक पारित भएसँगै प्रदेशमा शान्ति सुव्यवस्था तथा अमनचैन कायम गरी नागरिक सुरक्षा, मानवअधिकार संरक्षण, अपराध अनुसन्धान रोकथाम नियन्त्रणलगायतका कामलाई प्रभावकारीरूपले सञ्चालन गर्न सहज हुने भएको छ ।

बैठकमा अर्थ विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गर्नुभएको थियो ।

सम्बन्धित समाचार