शुक्रबार , बैसाख ७, २०८१

Friday, April 19, 2024

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको आग्रह

image

नेपाल प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ ।

आज सङ्घका अध्यक्ष प्रा डा रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको बताउनुभएको छ ।

उहाँले यस्ता अशोभनीय कार्यको छिटोभन्दा छिटो प्राज्ञिक संवादको अभ्यासबाट समाधान निकाल्न आग्रह गर्नुभएको हो । विभिन्न प्रकारका माग राखी तालाबन्दी गर्ने, भौतिक दबाव दिने जस्ता क्रियाकलापले प्राज्ञिक बहसको स्थलका रुपमा रहेको त्रिविमा अप्राज्ञिक एवं अमर्यादित गतिविधि गरिनु कुनै पनि दृष्टिले उचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार