सोमबार , चैत्र २, २०८२

Monday, March 16, 2026

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

image

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाबाट पारित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख मिश्रले आज सो विधेयक प्रमाणिकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशसभाको बैठकले गत असार २६ गते उक्त विधेयक पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । विधेयक प्रमाणीकरण भएसँगै सरकारको आर्थिक प्रणाली व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार