सोमबार , बैसाख २४, २०८१

Monday, May 06, 2024

  • 365
  • 3645

गृहमन्त्रीको ‘सुरक्षा समूह’मा रहेका कार्कीमाथि अनुसन्धान

image

नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालिएको स्पष्ट पारेको छ ।

केही दिनदेखि छापा तथा अनलाइनमा ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त विषयमा छानबिन तथा अनुसन्धान भइरहेको जनाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आज एक विज्ञप्ति जारी गरी कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको जनाउनुभएको छ ।

“छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने व्यहोरासमेत अनुरोध गर्दछु”, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार