शुक्रबार , फागुण २९, २०८२

Friday, March 13, 2026

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्न : मुख्यमन्त्री राई

image

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उहाँले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताउनुभयो । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश ग¥यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै बन्द गर्न यो सरकार पछि नहट्ने उहाँको भनाइ छ ।

“प्रदेशको नामकरणको विषय संसद्मा प्रवेश गर्नासाथ ९९ दशमलव ९९ प्रतिशतले पास हुन्छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेशको नामाङ्कनको विषयमा अझै पनि पहिचानको कुरा मिल्न सकेको छैन, तसर्थ यो विषयले स्थान नपाएको हो ।”

राज्यको विभेदकारी नीतिका कारण आदिवासी जनजाति पछि परेको बताउँदै उहाँले अब सबै नागरिकलाई समानरुपमा अघि बढाउन प्रदेश सरकारले छुट्टै नीतिको व्यवस्था गर्दै महिला–पुरुष बराबरी, धनी–गरिब बराबरी र जातीय विभेदको अन्यका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

सम्बन्धित समाचार