आइतबार , बैसाख २३, २०८१

Sunday, May 05, 2024

  • 365
  • 3645

नौ किलो खपटासहित तीन पक्राउ

image

संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त प्रहरी टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित तीनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षका सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई बनेपा नगरपालिका–६ को २८ किलोस्थित स्वागत क्याफेमा नौ किलो खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको न्यौपानेले बताउनुभयो ।

पक्राउ गरिएकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार